भक्तपुरको मध्यपुर थिमीमा १०१ वर्षिया वृद्धाले जितिन् कोरोना – Kanika Khabar
Sunday, March 15Nepali News Portal

भक्तपुरको मध्यपुर थिमीमा १०१ वर्षिया वृद्धाले जितिन् कोरोना

    मा प्रकाशित

कनिका खबर
असोज १९, भक्तपुर
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ६ स्थित पाचो टोल बस्ने १०१ वर्षकी वृद्धाले कोरोना भाइरस जित्नुभएको छ । सङ्क्रमण भएको १६ दिनमा नै उहाँ निको हुनुभएको हो । गत असोज २ गते कोरोना सङ्क्रमण पुष्टि भएकी गणेशमाया प्रजापतिले १६ दिनमा नै कोरोना जित्नुभएको हो । हिजो उहाँको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको उहाँका छोरा ईन्द्रबहादुर प्रजापतिले बताउनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि गणेशमाया होम आइसोलेसनमा नै बस्नुभएको थियो । उहाँले सङ्क्रमणका बेला नियमित रुपमा दिनमा दुई चक्की भिटामिन सी बाहेक अन्य औषधी सेवन नगरेको छोरा ईन्द्रबहादुरले बताउनुभयो । उहाँका अनुसार गणेशमायाले नियमितरुपमा पौष्टिक खाना र तातो पानी सेवन गर्ने, तातोपानीको बाफ लिने र घरेलु औषधीको रुपमा ल्वाङ, सुकुमेल, अलैंची, बेसार, अदुवा, पिपला, जाइपत्री लगायतको गरम मसलाको तातो पानी नियमित सेवन गरेर गर्नुभएको थियो । १०१ वर्षीय गणेशमाया प्रजापतिमा कुनै पनि प्रकारको दीर्घरोग नभएको छोरा ईन्द्रबहादुरले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्