दाङमा थप २६ जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा थप २६ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज १९, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार दाङमा आज सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तुलसीपुर, घोराही, लमही र शान्तिनगरका २६ जनामा संक्रमण देखिएको हो । यससंगै दाङमा संक्रमितको संख्या १२ सय ३० पुगेको छ । थप संक्रमण हुनेमा तुलसीपुर–६ का एक जना र तुलसीपुर–७ का २ जना, शान्तिनगर गाउँपालिका वडा नम्बर ७ का १ जना रहेका छन् । त्यसैगरी घोराहीका १० जनामा संक्रमण पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ र १७ का ३÷३ जना, वडा नम्बर १२ र १३ का एक÷एक जना र वडा नम्बर १४ का २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी लमही–७ का ९ जना र १ का १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनका अनुसार अहिले जिल्लामा १९० जना सक्रिय संक्रमित रहेका छन् भने अन्य डिस्चार्ज भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्