साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आँखा दान गर्ने – Kanika Khabar
Friday, January 23Nepali News Portal

साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आँखा दान गर्ने

    मा प्रकाशित

कनिका खबर
असाेज २०, कैलाली ।
साहित्यकार श्रेष्ठ प्रिया पत्थरले मरणोपरान्त नेत्र दान गर्ने भएकी छिन् । उनले असाेज १८ गते गेटा आँखा अस्पताल आँखा सङ्कलन केन्द्रमा आँखा दान इच्छा पत्रकाे फाराम भरेकी हुन् । कैलालीकी श्रेष्ठ बरिष्ठ साहित्यकार हुन् ।
आँखा दान इच्छा पत्रकाे फाराम भरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, `जन्मेपछि एक दिन मर्नै पर्छ । आत्मा अनन्तमा, नश्वर शरीर माटोमा विलिन हुन्छ । यो शाश्वत सत्य हो । मरेपछि ऊ स्वर्गमा जान्छ कि नर्कमा, कसैले यकिन गरेर भन्न सक्तैन । चित्रगुप्तले पाप र पूण्यको लेखा राख्छ्न् कि राख्तैनन् त्यो पनि थाहा छैन । पुनर्जन्म र परलोकको कुरा त झन् कल्पनातित । त्यसैले कुनै असल कर्म गर्नु छ भने यसै जुनीमा आफ्नो होसहवास छँदै गर्नु राम्रो । दानहरुमा उत्तमदान नेत्रदान भएको हुँदा आज मरणोपरान्त नेत्रदानको लागि फाराम भरियो । मृत्युपरान्त मेरो आँखाबाट कुनै नेत्र विहिनले संसार देख्न सकोस् , यसैमा मेरो सन्तुष्टि रहनेछ ।
माटोमा मिल्ने मृत शरीरको के मोह !´

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्