प्रदेश ५ को नामाकरण र राजधानीको प्रस्तावमा आज मतदान हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रदेश ५ को नामाकरण र राजधानीको प्रस्तावमा आज मतदान हुँदै

    मा प्रकाशित

कनिका खबर
असोज २०, वुटवल
दाङको भालुवाङमा ५ नम्बर प्रदेशको स्थायी राजधानी र ‘लुम्बिनी’ नामाकरण गर्ने प्रस्तावमा आज प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेश सभाको बैठक मध्यान्ह् १२ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सीआईएनसँग बताउनुभयो । प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा गरिएको प्रस्तावमा संसोधन हाल्न बिहान साढे १० बजेसम्मको समय सांसदलाई दिइएको छ । सचिव पुनका अनुसार हालसम्म प्रदेशको नामाकरणको सम्बन्धमा एउटा मात्र संसोधन प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको चार दिन अघिको बैठकमा प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव पेस भएको थियो । आजको प्रदेश सभा बैठकमा संसोधन हाल्न प्रस्ताव फिर्ता लिन चाहेमा समय दिइनेछ । यसअघि सरकारले ल्याएको प्रस्तावमा मतदान आजै हुने छ । प्रस्ताव पारित हुनका लागि जम्मा सांसद संख्या ८७ को ५८ मत खस्नुपर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्