जनकपुरधामको विचबजारबाट लागुऔषधसहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

जनकपुरधामको विचबजारबाट लागुऔषधसहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

    मा प्रकाशित

कनिका खबर
असोज २०, जनकपुरधाम
धनुषाको जनकपुरधामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वाडा नम्वर १० स्थित वारबिघाको पूर्वपट्टी रहेको प्रदेशिक अस्पतालको पोष्टमाटम हुने कोठाको पछाडि दुईजना व्यक्ति व्याग लिएर बसेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको जानकी प्रहरी चौक जनकपुरका प्रहरी नायव निरिक्षक बिनोद साहले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ का १८ वर्षीय शुभाष चौधरी र सोही ठाउँ बस्ने १६ वर्षीय हरिराम चौधरी रहेका छन् । दुवै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसंन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्