`देश मेराे अभिभावक हाे´ अनुभूति दिलाऊ : काङ्ग्रेस – Kanika Khabar
Friday, April 26Nepali News Portal

`देश मेराे अभिभावक हाे´ अनुभूति दिलाऊ : काङ्ग्रेस

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २८, दाङ।

नेपाली काङ्ग्रेस दाङ जिल्ला कार्यसमितकाे बैठक अाज अाइतबार सम्पन्न भएकाे छ । बैठकमा सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई ` देश मेराे अभिभावक हाे´भन्ने अनुभूति गराउन सरकारलाई अाग्रह गरिनुका साथै उनीहरूलाई अावश्यक मापदण्ड पूरा गरी स्वदेश ल्याउन सरकारलाई अनुराेध गरिएकाे छ ।

बैठकले काेभिड १९ काे सङ्क्रमण बढ्दै गएकाे र यतिबेला परीक्षणलाई तीव्र बनाउका लागि संघीय, प्रदेश र स्थानीय सरकारकाे ध्यानाकर्षण गराउने निर्णय गरेकाे छ । पार्टी सभापति कीर्तिबहादुर खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले विभिन्न ८ अाेटा निर्णय गरेकाे छ ।

वर्षायामकाे समय नजिकिदै गरेकाले किसानका लागि अावश्यक बिउबिजन तथा मलकाे अभाव नगराउन सरकारकाे ध्यानाकर्षण गरेकाे छ। काेभिड १९ काे समयमा अहाेरात्र खटेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सफाइकर्मीप्रति सम्मान व्यक्त गरेकाे छ । साथै बैठकमा लिपु लेक विवादमा सरकारले तुरून्त कुटनैतिक पहल चाल्नु पर्नेमा सरकारकाे ध्यानाकर्षण गराएकाे छ । लकडाउनकाे समयमा सकस बन्दै गएकाे जनजीवनप्रति सरकारले ध्यान दिनु पर्ने कुरामा जाेड दिदै स्वास्थ्य परीक्षणलाई तीव्र रूपमा अगाडि बढाउन अाग्रह गरेकाे सचिव शंकर डाँगीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्