अन्ततः प्रदेश ५ काे स्थायी राजधानी दाङ – Kanika Khabar
Friday, March 29Nepali News Portal

अन्ततः प्रदेश ५ काे स्थायी राजधानी दाङ

    मा प्रकाशित

कनिका खबर
असाेज २०, दाङ ।
अन्ततः प्रदेश नं. ५ काे स्थायी राजधानी दाङ बहुमतले पारित भएकाे छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको पक्षमा ६९ मत, विपक्षमा १३ मत खसेकाे हाे ।
प्रदेश ५ को स्थायी राजधानी दुई तिहाई मतले पारित भएपछि दाङकाे भालुबाङलाई केन्द्र बनाएर स्थायी राजधानी बनाउने प्रस्ताव यस अघि प्रदेश सभामा पेस भएकाे थियाे । हिजाे साेमबार प्रदेश सभामा यस विषयमा विवाद भएपछि आजकाे लागि प्रदेश सभा डाकिएकाे थियाे । प्रदेश सभामा भएकाे मतदानले दुई तिहाइ बहुमतका साथ दाङ स्थायी राजधानी भएकाे हाे । पक्षमा ५८ मतकाे आबश्यक पर्नेमा ६९ मत खसेकाे थियाे ।

मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीव विपरित फ्लोर क्रस गरेका छन् । किनकी कांग्रेसका १९ सांसद छन् तर विपक्षमा १३ भोट मात्र खसेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्