राजधानीले बिर्सायो कोरोना, खुशीयालीमा दीपावली, वास्तै भएन सामाजिक दुरी ( फोटो फिचर ) – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

राजधानीले बिर्सायो कोरोना, खुशीयालीमा दीपावली, वास्तै भएन सामाजिक दुरी ( फोटो फिचर )

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।

प्रदेश राजधानीको स्वागतमा घोराहीमा दीप प्रज्ज्वलन
प्रदेश नंं. ५ को स्थायी राजधानी दाङको भालुवाङ रहने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएपछि दाङ लगायतका जिल्लामा खुशीयाली छायो । हिजो मंगलबार प्रदेश सभामा भएको मतदानबाट प्रदेशको नाम लुम्बिनी प्रदेश र राजधानी राप्ती उपत्यका दाङको भालुवाङलाई केन्द्र मानेर बनाउने प्रस्ताब पारित भएको हो ।


द्वन्द्व कालमा केन्द्रीय राजधानीको समेत चर्चा बटुलेको दाङले मुलुक संघीयतामा गएपछि प्रादेशिक राजधानीको बलियो सम्भावना बोक्दाबोक्दै पनि अस्थायी राजधानी बुटवल तोकिएपछि राजधानी बन्नबाट रोकिएको थियो । दाङलाई राजधानी बनाउनका लागि भएका बहस, सङ्घर्ष, बौद्धिक सङ्घर्ष, सडक सङक सङ्घर्ष मत्थर भएको अवस्था र मुलुक कोरोनाको महामारीमा परेको बेला प्रदेश सरकारले दाङको सम्भावनाको विकल्प नभएको भन्दै दाङको भालुवाङ क्षेत्रलाई प्रस्ताव गरेको थियो ।

Image may contain: 15 people, outdoor, text that says 'प्रदेश सरकारले दाड 0. नं. प्रदेशको नाम लुम्विनीर दाड (देडखुरी) लाई राजधानी घोषणा गरेकोमा धन्यवाद तथा स्वागत राल आयोजक दाड प्रदेशिक राजघानी सरोकर दाड 5物物商 อขด'
प्रदेश नं. ५ को स्थायी राजधानी दाङको भालुवाङ लगायत त्यस आसपासका क्षेत्रलाई समेटेर बनाउने सहमति जुटेपछि प्रदेश ५ को राजधानी दाङ भएको हो । मतमतान्तरका बिच हिजो प्रदेश सभामा पक्षर विपक्षमा मतदान हुँदा पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको थियो । कुल ८७ मतमा ८२ मत खसेको हो ।

Image may contain: 2 people, people standing and crowd
यता दाङ राजधानी हुने प्रस्ताव दुई तिहाइले पारित भएपछि हिजो बेलुका दाङका विभिन्न स्थानमा दीपावली गरियो ।

Image may contain: 2 people, people standing and nightविभिन्न संघ संस्थाले खुशियालीका साथ दीपावली गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमणको महामारीका बिच भएको दीपावलीका क्रममा उपस्थित भीडले कोरोना कहर बिर्सिएको आभास दिलाएको थियो ।

बजार तथा भीडभाडमा अपनाइने सतर्कता दीपावलीका क्रममा वास्ता नै गरिएन । दीपावलीको क्रममा न त सामाजिक दूरी कायम भयो न त कोरोनाको जोखिमबाट बच्नका लागि कुनै सतर्कता नै अपनाइएको थियो ।

Image may contain: one or more people, people standing and outdoor

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्