मानव अधिकार आयोगको ध्यानाकर्षण – Kanika Khabar
Monday, March 16Nepali News Portal

मानव अधिकार आयोगको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।
प्रदेश पाँचको स्थायी राजधानी दाङमा बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा भइरहेको बन्द, हड्ताल, तथा प्रर्दशनका घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण भएको छ । बन्द, हड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारी साधानमाथि भएको आगजनी तथा तोडफोडप्रति आयोगले विज्ञप्तिमार्फत् ध्यानाकर्षण भएको जनाएको हो । विरोधका कार्यक्रमलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रुपमा अगाडि बनउन तथा आफ्ना असहमतिका विषयको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आग्रह गरिएको आयोगका प्रवक्ता समेत रहेका सचिव बेदप्रसाद भट्टटराइले बताए ।
शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोगले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । आयोगको प्रदेश कार्यालय बुटलवले घटनाका सम्बन्धमा अनुगमन पनि गरिरहेको आयोगले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्