बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अदालतले धरौटीमा छाड्न आदेश – Kanika Khabar
Friday, January 23Nepali News Portal

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अदालतले धरौटीमा छाड्न आदेश

    मा प्रकाशित

कनिका खबर
२१ असोज

बुधबार मुम्बईको उच्च अदालतले चक्रवर्तीलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले सेप्टेम्बर ८ तारिखमा सुशान्तसिंह राजपुतलाई लागूऔषध दिने गरेको आरोपमा पक्राउ गरेको थियो ।
अदालतको आदेश अनुसार उनी एक लाख धरौटी र पासपोर्ट बुझाएर रिहा हुने बताइएको छ । उनी मुम्बई बाहिर जान अदालतसँग अनुमतिसमेत लिनुपर्नेछ ।

सुशान्त सिंह राजपुत प्रकरणमा पक्राउ परेका रिया चक्रवर्तीका भाइ शोविक चक्रवर्तीलाई भने धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ ।

सुशान्तका लागि काम गर्ने दिपेश सावन्त र स्यामुयल मिरान्डालाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । शोविक र स्यामुयललाई ब्युरोले सेप्टेम्बर ४ मै नियन्त्रणमा लिइएको थियो ।

जुन १४ गते अभिनेता सुशान्त मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए । उनको पोस्टमार्टम रिपोर्टको अनुसार उनले आत्महत्या गरेको पुष्टि भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्