जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा चार दिनका लागि बन्द – Kanika Khabar
Friday, March 29Nepali News Portal

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा चार दिनका लागि बन्द

    मा प्रकाशित

कनिका खबर
असोज २२, सिन्धुपाल्चोक ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा चार दिनका लागि बन्द भएको छ । सिन्धुपाल्चोक जिल्लामा हिजो एकै दिन ११ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीकी श्रीमतिसहित थप ११ जनालाई कोरोना पुष्टि भएको हो । अहिले सहायक प्रमुख जिल्ला अधिकारीको परिवार होम आइसोलेसनमा बसेको छ ।
उनको घुलमिल जिल्ला प्रशासन कार्यालयमा समेत भएकाले अब आजदेखि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने दैनिक सेवाप्रवाह बन्द गरिएको छ । कर्मचारीको परिवारमा कोरोना पुष्टि भएको भन्दै प्रशासकीय अधिकृत सुनिता पहरीद्वारा आज बिहीबार जारी सूचना अनुसार आजदेखि असोज २६ गतेसम्म अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरिएको छ ।
शान्ति सरक्षा र मुद्दामामला वाहेकका कुनै पनि सेवा प्रदान नगरिने पहरीले जानकारी दिनुभयो । स्रोतका अनुसार सम्पर्क आएका अरु कर्मचारीसहितका सबैको पीसीआर परिक्षण गरेर त्यसको रिपोर्ट नआउँदासम्मको लागि सेवा बन्द गर्न लागिएको हो । जिल्लामा योसँगै कोरोना सङ्क्रमितको सङख्या २ सय ८ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्