तुलसीपुर उपमहानगरपालिका बन्द – Kanika Khabar
Friday, April 19Nepali News Portal

तुलसीपुर उपमहानगरपालिका बन्द

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेमा कोरोना संक्रमण पोजेटिभ आएपछि कार्यालय बन्द हुने भएको छ । वडा कार्यालय भने जोखिमको अवस्था हेरेर सञ्चालन गर्ने या वन्द गर्ने भन्ने कुरा वडा कार्यालयलाई जिम्मा दिइएको छ ।

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपतकालिन बैठकले असोज २९ गतेसम्मका लागि सेवा वन्द गर्ने निर्णय गरेको हो । ‘अत्यन्त आवश्यक सेवा बाहेकका सबै सेवा वन्द गर्ने निर्णय गरेका छौ’ कार्यवाहक प्रमुख शर्माले जानकारी दिइन् ।

उपमहानगरपालिकाका नगरप्रमुखमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्