चाडपर्वका नाममा भीडभाड नगरौँ : स्वास्थ्य मन्त्रालय – Kanika Khabar
Friday, January 23Nepali News Portal

चाडपर्वका नाममा भीडभाड नगरौँ : स्वास्थ्य मन्त्रालय

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ ।
सरकारले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा बढेको भन्दै दशैँका बेलाभिडभाड नगर्न तथा सार्वजनिक स्थानमा पिङ समेत नहाल्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम अझै उच्च रहेका कारण चाडपर्वका बेला यसो नगर्न सुझाएका हुन् ।
आवतजावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पूजा गर्ने व्यवस्था मिलाउन पनि सरकारले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्