भारतमा मे १२ देखि रेलसेवा आंशिक रुपमा संचालन हुने – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

भारतमा मे १२ देखि रेलसेवा आंशिक रुपमा संचालन हुने

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २९, दाङ ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप धारण गरिरहेको वेला भाइरस संक्रमणको जोखिमबाट बच्नका लागि भारतले २४मार्च २०२०मा लकडाउन गरेसँगै बन्द भएको रेलसेवा १२ मे २०२० देखि आंशिक रुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको छ ।

पहिलो चरणमा १५ जोडी रेलहरु नयाँदिल्लीलाई केन्द्र बनाई देशमा अन्य प्रमुुख सहरहरु– डिबुगढ, आगरतला, हावडा, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दराबाद, बेंगलुरु, चेन्नाइ, तिरुवनन्त, मडगाउँ, मुम्बई केन्द्रीय, अहमदाबाद र जम्मु तवीका लागि विशेष रेलका रुपमा छुट्नेछन् । भारत सरकारले कोभिड १९को महामारीको संकटको वेलमा अस्पतालको रुपमा प्रयोग गर्ने गरी २० हजार बेड क्षमताको अस्पतालको रुपमा प्रयो गर्नेकरी कोचहरु छुट्याएको छ साथै श्रमीकहरुको ओसार पसारका लागि ३०० वटा कोचहरुको व्यवस्था गरेको छ । त्यस पश्चात बाँकीरहेका रेलकोचहरुको आधारमा छिट्ने अन्य स्थानमा पनि सेवा सुचारु गर्ने जनाएको छ ।

सिट रिजर्वेसनका लागि सोमबार साँँझ ४ बजेदेखि वेबसाइटमा खुलागरिने जानकारी समेत गराइएको छ । सिट रिजर्वैशन IRCTC बेवसाइटबाट गर्न सकिने र रेलवे स्टेशनमा रहेका बुकिङ काउन्टर भने बन्द रहनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्