सञ्चालनमा आएका विद्यालय पुनःबन्द – Kanika Khabar
Saturday, June 6Nepali News Portal

सञ्चालनमा आएका विद्यालय पुनःबन्द

    मा प्रकाशित

उपेन्द्र गोले
असोज २३, रौतहट ।
रौतहटको चन्द्रपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरू पुनःबन्द भएका छन् । चन्द्रपुर नगर शिक्षा समितिको गत असोज ९ गतेको बैठकले रौतहटको चन्द्रपुर नगर क्षेत्रमा कोरोना सङ्क्रमण सामान्य भएको भन्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर हाल केही शिक्षकहरूमा कोरोना सङ्क्रमण देखिएपछि अर्काे सूचना जारी नहुउन्जेलसम्मका लागि चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा आएका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराउने निर्देशन दिइएको चन्द्रपुर शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिए । नगर क्षेत्रका विद्यालयहरूलाई बन्द गर्न दिर्नेशन दिएसँगै अब चन्द्रपुरका सबै विद्यालय आज शुक्रबारबाट बन्द रहने शिक्षकहरुले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्