पर्यटन मन्त्री भट्टराई र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता – Kanika Khabar
Friday, April 26Nepali News Portal

पर्यटन मन्त्री भट्टराई र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता

    मा प्रकाशित

कनिका खबर
असोज २३, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन् । सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो ।
हवाई क्षेत्रका सम्बन्धमा उनीहरुबीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको थियो । कोभिड–१९ का कारण बन्द रहेको काठमाडौ र भारतका बिभिन्न शहरहरुबीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि उनीहरुवीच कुराकानी भएको थियो । त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुबैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुबै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्