बालिका शिक्षाबारे सामुदायिक रेडियो मार्फत विषेश बहस हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

बालिका शिक्षाबारे सामुदायिक रेडियो मार्फत विषेश बहस हुँदै

    मा प्रकाशित

कनिका खबर
असोज २३, काठमाडौं
९औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भोलि आइतबार किशोरीहरुले आफ्नै सवाल र आफ्नै नेतृत्वमा सामुदायिक रेडियोमा बहस गर्ने भएका छन् । सिकाइ कहिल्यै रोकिँदैन भन्ने विश्वब्यापी अभियान अन्र्तगत किशोरीहरुले कोभिड १९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाईका विषयमा बहस गर्नेछन् । यस बर्षको अन्तर्राष्ट्रि बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ तय गरिएको छ । कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरलाई कम र उनीहरुलाई विद्यालय फर्काउन के गर्न सकिन्छ ? भन्नेमा छलफल हुनेछ । स्थानिय सरकारसँग किशोरीहरुले सामुदायिक रेडियो बहस मार्फत आफ्ना सवालहरुलाई अघि सार्नेछन् । किशोरीले कोभिडपछि समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराउनेछन् । सामुदायिक रेडियोको अगुवाइमा स्थानिय सरकार, जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरी किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुनेछ । कार्यक्रममा किशोरी एक दिन रेडियो प्रस्तोता र अतिथीको भूमिकामा रहनेछन् । कोभिडपछि बालिका शिक्षाका लागि सिकाई कहिल्यै रोकिदै भन्ने विषेश अभियान घोषणा गरेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका २६ रेडियोमार्फत् हाम्रो सवाल–हाम्रै नेतृत्वमा बहस गर्न लागिएको हो । किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर कोभिडपछि बालिका शिक्षामा परेको असर र मुद्दाबारे स्थानिय सरकार, सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ । कोभिड–१९ अघि १३ करोड बालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर थिए । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको तथ्याङक अनुसार कोभिड–१९ पछि १ करोड १० लाखभन्दा बढी बालिकाहरू पुनः विद्यालय जान नसक्ने जोखिममा रहेको आकलन गरिएको छ । विद्यालय पुनः खुलेपछि केही बालिकाहरूले आफ्नो शिक्षालाई निरन्तरा दिन्छन् तर कतिपय बालिकाहरू भने पुनः विद्यालय कहिल्यै नआउन सक्छन् । नेपालमा पनि नेपालमा पनि ५३ प्रतिशत किशोरी स्कुल फर्किन नसक्ने हालै गरिएको एक सर्बेक्षणले देखाएको छ । कोभिड–१९ महामारीको समग्र असरका कारण विश्वमा बालविवाहका घटनामा थप १ करोड ३० लाखले वृद्धि हुने संभावना छ । नेपालमा पनि जोखिम छ । हरेक मुलुक र समुदायमा बालिकाका शैक्षिक आवश्यकता प्राथमिकतामा नराखे विगत २० वर्षमा हासिल भएका प्रगति गुम्न सक्ने सयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । कोभिड–१९ को महामारी उच्च बिन्दुमा पुगेको बेला २ सय भन्दा बढी मुलुकमा विद्यालय बन्द हुँदा १ अर्ब ५० करोड भन्दा बढी विद्यार्थीहरू प्रभावित भएका छन् । प्रभावित हुनेमा ७६ करोडभन्दा बढी बालिकाहरू मात्रै छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्