सरकार र डाक्टर केसीपक्ष थप वार्ताको आन्तरिक तयारीमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सरकार र डाक्टर केसीपक्ष थप वार्ताको आन्तरिक तयारीमा

    मा प्रकाशित

कनिका खबर
असोज २३, काठमाडौं
सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निस्कर्षसविहीन भएपछि दुवैपक्ष आन्तरिक गृहकार्यमा लागेका छन् । गएराती अबेरसम्म भएको वार्तामा सहमति हुन सकेन । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता भंग भएको केसीपक्षको वार्ता टोलीका सदस्यको आरोप छ । वार्ता टोलीका संयोगव डाक्टर जीवन क्षेत्रीले आज आन्तरिक छलफल गरेर वार्ता गर्ने की आन्दोलनमा जाने भन्ने निर्णय हुने बताउनुभयो । सरकार पक्षले भने आज थप गृहकार्य गरेर वार्ता गर्ने बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँको असामान्य धड्कन बढ्दैगएको छातीमा समस्या देखिएकाले उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्