दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिए – Kanika Khabar
Friday, May 15Nepali News Portal

दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिए

    मा प्रकाशित

कनिका खबर
असोज २३, काठमाडौं
भाषा परीक्षा पास गरी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिएका छन् । कोरियन एयरले नियमित उडानका लागि अनुमति पाइसक्दा पनि नेपालबाट प्रक्रिया पूरा गरेर श्रमिक कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग अन्र्तगतको इपिएस कोरीया शाखाका निर्देशक इन्द्र गौतमका अनुसार अहिले बिमाको समस्याका कारण श्रमिकलाई कोरिया पठाउन नसकिएको हो । कोरिया सरकारले विदेशबाट आउने श्रमिकले १० लाखको कोरोना बिमा अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान ल्याएको छ । तर, नेपालमा विदेश जाने श्रमिकको हकमा कोरोना बिमा गर्ने व्यवस्था छैन । उनीहरुले वैदेशिक रोजगारको बिमा गर्ने गरेपनि अब छुट्टै कोरोना बिमा गर्नुपर्ने शर्त कोरियाको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्