लाखौको अवैध सामान सहित २ जना धनुषा प्रहरीको नियन्त्रणमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लाखौको अवैध सामान सहित २ जना धनुषा प्रहरीको नियन्त्रणमा

    मा प्रकाशित

कनिका खबर
असोज २३, जनकपुर
धनुषा प्रहरीले भन्सार छली अवैध सामान सहित २ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार विदेह नगरपालिका वडा नम्बर १ स्थित सडकखण्डमा ज. ८ प. २३४६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भन्सार छली गरि ल्याएका ४ लाख ३३ हजार बराबरको १७६ डिब्बा औषधी र मोटरसाईकल १ थान गरी जम्मा ५ लाख ३३ हजार बराबरको समान र गाडीका चालक तथा पछाडि सवार १ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ भने पक्राउ पर्नेमा जिल्लाको शहीदनगर नगरपालिका ७ बस्ने २८ वर्षीय विरेन्द्र साह र कमला नगरपालिका ८ डुमरिया बस्ने १९ वर्षीय धिरजकुमार साह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । त्यसै गरि भन्सार छलि गरि नेपाल तर्फ ६ वटा साईकलमा ल्याउँदै गरेको प्लाष्टिकको कुर्सी ७९ थान, ४ वटा बोरामा अन्दाजी १५० किलो धनिया र ६ वटा साईकल गरि अन्दाजी ५५ हजार बराबरको सामान तथा सिमा प्रहरी चौकी लगमा जटही धनुषाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले नगराईन नगरपालिका–६ महादेवपट्टिघाटबाट १२ हजार ६ सय बराबरको ९ बोरा हरियो केराउ (मटर) नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका(२३ स्थित बसहिया रोडबाट समेत ३२ हजार ४ सय बराबरको स्टिलको बाल्टिन ४४ थान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको धनुषाका प्रवक्ता मिश्रले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्