कनिका खबर
असोज २३, दाङ
कोरोना भाईरसको महामारीको कारण २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक सरेको छ । हरेक वर्ष मार्चमा आयोजना हुँदै आएको टोकियो म्याराथन आगामी वर्ष भने अक्टोबरमा हुने भएको छ । आयोजक टोकियो म्याराथन फाउन्डेसनले मार्च ७ मा तय भएको प्रतियोगिता अक्टोबर १७ गर्ने भएको हो । यस वर्षको टोकियो म्याराथन भने मार्च १ मा भएको थियो । विश्वभर आयोजना हुने मुख्य ६ म्याराथन मध्ये टोकियो म्याराथन एक हो । कोरोनाको कारण यस वर्ष लण्डन म्याराथन र टोकियो म्याराथन बाहेक अन्य म्याराथन रद्द गरिएको छ ।
मा प्रकाशित


