कनिका खबर
असाेज २४, दाङ ।
काेराेना जाेखिम बढपछि बबई गाउँपालिका सिल गरिएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि बबई गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयसिल गरिनुका साथै विद्यालयहरु समेत एक हप्तालाई बन्द गरिएको छ । साथै वडामा हुने विभिन्न औपचारिक कार्यक्रम स्थगित भएको छ भने बजार क्षेत्र पञ्चकुले लगायत कुनै पनि क्षेत्रमा भीडभाड गर्न निषेध गरिएको छ। हिजो २३ गते शुक्रबारदेखि २९ गतेसम्म वडामा कुनै पनि भिडभाड हुने कार्यक्रम गर्न नपाइने सूचना जारी गरेर वडाध्यक्ष रामबहा्दुर डाँगीले बताएका छन् ।
मा प्रकाशित


