नेकपा सचेतक शान्ता चौधरीलाई निमोनिया पनि देखियो, थप उपचारका लागि आइसियुमा सारियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा सचेतक शान्ता चौधरीलाई निमोनिया पनि देखियो, थप उपचारका लागि आइसियुमा सारियो

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई थप उपचारका लागि आईसीयूमा सारिएको छ । सचेतक चौधरीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि काठमाडौँस्थित वीर अस्पतालमा लगिएको हो । चौथो दिनसम्म पनि स्वास्थ्यमा सुधार नदेखिएपछि हिजो शुक्रबारदेखि उनलाई थप उपचारका लागि आइसियुमा सारिएको हो ।

वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ । श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।

थप उपचारका क्रममा उनलाई निमोनिया पनि देखिएको छ ।

‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ उनले अस्पतालबाटै तीन दिन अघि लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ ।

पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो। १० वर्षअघि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्