आज देशभरका आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द – Kanika Khabar
Saturday, January 17Nepali News Portal

आज देशभरका आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
आज देशभरका आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन् । नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ ।
संघले बुधबार नै एक विज्ञप्ति जारी गर्दै यस्तो अल्टिमेटम दिएको थियो । जारी विज्ञप्तिमा आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा गर्रिको छ । साथै आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
डा. केसीको १९ औं आमरण अनशन आज २८ औं दिनमा पुगेको छ । तर केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच मागका सम्बन्धमा सहमति नजुट्दा अनसन जारी रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्