दाङको घोराहीमा भोलिदेखि ‘फेस टु फेस क्लास’ बन्द – Kanika Khabar
Saturday, January 17Nepali News Portal

दाङको घोराहीमा भोलिदेखि ‘फेस टु फेस क्लास’ बन्द

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
दाङको घोराही उपमहानगरपालिकामा भोलि सोमबारदेखि फेस टु फेस क्लास स्थगन गरिएको छ । समुदाय स्तरमा कोरोना सङ्क्रमण बढ्दै जान थालेपछि भोलिदेखि फेस टु फेस क्लास सञ्चालनलाई रोक्ने निर्णय गरिएको हो । घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपश्चात महाशाखाका प्रमुख विनोद गौतमद्वारा हस्ताक्षरित एक सुचना सार्वजनिक गर्दै विद्यालयहरुले अस्थायी सिकाइ केन्द्रका रुपमा सञ्चालन गर्दै आएका सिकाइ केन्द्र तथा कक्षा ११ को परीक्षासमेत आगामी कार्तिक १५ गतेसम्म सथगन गरिएको बताइएको छ ।

भौतिक उपस्थितिबाहेका अन्य विधिबाट सञ्चालन हुँदै आएको सिकाइ प्रक्रिया भने यथावत् रहने छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्