स्थानीय तहद्वारा राजधानीको लागि १ हजार ६ सय बिगाह जग्गा उपलब्ध गराउने प्रतिवद्धता – Kanika Khabar
Friday, April 19Nepali News Portal

स्थानीय तहद्वारा राजधानीको लागि १ हजार ६ सय बिगाह जग्गा उपलब्ध गराउने प्रतिवद्धता

    मा प्रकाशित

सलिना न्यौपाने
दाङ २६ असोज

लुम्बिनी प्रदेशको राजधानीेको संरचना निर्माणका लागि गृहकार्य सुरु भएको छ । प्रदेशको राजपत्रमा उल्लेख भए अनुसार दाङको देउखुरी क्षेत्रमा संरचना निर्माणका लागि जग्गा व्यवस्थापनको कार्य सुरु भएको हो । प्रदेशको राजधानीका लागि संरचना निर्माण गर्ने कार्यको सुरुवात भएसँगै देउखुरी क्षेत्रमा रहेका स्थानीय तहहरु जग्गा व्यवस्थापनको कार्यमा जुटेका मात्र छैनन्–उनीहरुले हरेक सम्भावनाको खोजीसमेत गर्न थालेका छन् ।

राजधानीको व्यवस्थापनका लागि १ हजार ६ सय बिगाहा क्षेत्रफलको जग्गाका साथै मन्त्रालय र कार्यालयका लागि आवश्यक पर्ने ३६ वटा भवनको व्यवस्थापन गरिसकेको स्थानीय तहहरुले जानकारी दिएका छन् । अर्घाखाँची, प्यूठान र दाङको केन्दरविन्दूका रुपमा रहेको राप्ती गाउँपालिकाले राजधानीको संरचनाका लागि गाउँपालिकाभित्र पर्याप्त मात्रामा जग्गा रहेको जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानीको संरचना निर्माण र व्यवस्थित सहरीकरणका लागि गाउँपालिकाले १ हजार बिगाहा क्षेत्रफलको जग्गाको खोजी गरिसकेको जानकारी दिए ।

‘राजधानीको संरचना र व्यवस्थित सहरीकरणका लागि हामीसँग १ हजार बिगाहा जग्गा रहेको छ ।राप्ती गाउँपालिकाको वडानम्वर १, २ र ३ मा मात्रै १ हजार विगाहा जग्गाको खोजी हामीले गरिसकेका छौं’, अध्यक्ष सुवेदीले भने, ‘तत्कालका लागि प्रदेशका मन्त्रालय र कार्यालयहरुको व्यवस्थापन गर्नेसम्मका संरचनाको खोजी हामीले गरिसकेका छौं ।

प्रदेश सरकारलाई सहयोग गर्न हामी आतुर छौं ।’शिक्षालयको हाताभित्र २ सय ५० कोठा भएका २६ वटा पक्की भवन रहेका छन् । तत्कालका लागि यिनै भवनमा मन्त्रालय र कार्यालयहरुको व्यवस्थापन गर्न सकिने राप्ति गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो ।

योसँगै प्रदेश सभा सञ्चालनका लागि ३ सय जनाको क्षमता भएको व्यवस्थित सभाहल समेत रहेको छ । शिक्षालयलाई अनेत्र व्यवस्थापन गरेर यसै संरचनामा मन्त्रालय र कार्यालयको व्यवस्थापन गर्न सकिन्छ ।’

राजधानीको व्यवस्थापनका लागि कुनै समस्या नभएको लमही नगरपालिकाले जनाएको छ । नगरप्रमुख कुलबहादुर केसीले मन्त्रालय र कार्यालयको व्यवस्थापनका लागि नगरपालिकाभित्र प्रसस्तै पूर्वाधार रहेको जानकारी दिनु भयो ।‘देउखुरी क्षेत्रमा प्रसस्त मात्रामा जग्गा र पूर्वाधार रहेका छन् ।

नगर विकासको ६ तले कम्प्लेक्स भवन, प्रशासनिक भवन, भूमिगत जलस्रोत कार्यालयको भवन, नगरपालिकाको भवन र नेत्रलाल अभागी प्रतिष्ठानको भवनमा ४÷५ वटा मन्त्रालय र कार्यालय स्थापना गर्न सकिन्छ नगरपालिकाले बताएको छ ।यता जिल्लाको गढवा गाउँपालिकाले पनि जग्गाको खोजी सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले २ सय ३५ विगाहा जग्गाको खोजी गरिसकेको जानकारी दिनुभयो ।

मन्त्रालय र कार्यालयहरुको व्यवस्थापनका लागि गाउँपालिकाभित्र ४१ कोठे भवन उपलब्ध गराउन सकिने गाँउपालिकाले जनाएको छ ।यसैगरी देउखुरीको पश्चिममा रहेको राजपुर गाउँपालिकाले पनि जग्गाको खोजी थालेको छ । गाउँपालिकाका अध्यक्ष लोकराज केसीले राजधानीको संरचना निर्माणका लागि उपलब्ध गराउने गरी ३ सय विगाहा क्षेत्रफलको जग्गा तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । ‘

दाङ र बाँकेको सीमा क्षेत्रका रुपमा रहेको राजपुर गाउँपालिकामा पनि केही संरचना निर्माण गर्नुपर्ने हुन्छ भन्ने लागेर ३ सय विगाहा जग्गा तयारी अवस्थामा राखेको पालिकाले जनायको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्