ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ – Kanika Khabar
Sunday, April 19Nepali News Portal

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।

ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रोल्पवाट पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ बर्षीय टेकबहादुर केसीलाई रोल्पा जिल्लावाट पक्राउ गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

२०६१ साल चैत २९ गते केसी विरुद्ध सर्वौच्च अदालतले कतव्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० बर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहँदै आएका थिए ।

फरार प्रतिवादीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिएका छन् ।

फरार प्रतिवादी केसीले सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

रोल्पावाट दाङ ल्याएर प्रतिवादी केसीलाई असोज २५ गते दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्