नयाँ सिलिन्डर किन्दै हुनुहुन्छ भने अनिवार्य रुपमा रसिद लिनुहोस् – Kanika Khabar
Saturday, May 30Nepali News Portal

नयाँ सिलिन्डर किन्दै हुनुहुन्छ भने अनिवार्य रुपमा रसिद लिनुहोस्

    मा प्रकाशित

कनिका खबर
असोज २६, काठमाडौँ ।

के तपाईँ ग्याससहितको नयाँ सिलिन्डर किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने रसिद लिनुहोस् । नेपाल ग्यास उत्पादक संघले ग्याससहित नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई आग्रह गरेको छ । आज सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो ।
यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने संघले जनाएको छ ।
नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ ।
यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी दुई हजार एक सय र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप जोडेर मात्रै ग्यास बिक्री वितण गर्ने निर्णय गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्