आज दाङमा थप ५३ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज दाङमा थप ५३ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

 कनिका खबर
असाेज २६, दाङ ।
दाङमा आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा दाङका ५३ जना कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार कोरोना पुष्टि हुनेमा घोराही उपमहानगरपालिकाका २७ जना, तुलसीपुर उपमहानगरपालिकाका १७ जना, बबई गाउँपालिकाका ६ जना रहेका छन् ।  गढवा गाउँपलिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाका एक / एक जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै दाङमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ९ पुगेको छ । जसमध्ये १ हजार १ सय ३८ जना कोरोना मुक्त भएका छन् । अब बाँकी ३६५ जना भने विभिन्न आइसोलेसनमा रहेका छन् । ३ सय १८ होम आइसोलेसनमा रहेका छन् भने बाँकी विभिन्न अस्पतालकाे आइसाेलेसनमा रहका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्