विश्व कोरोना अपडेट : विश्वभर कोरोना सङ्क्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुग्यो – Kanika Khabar
Thursday, June 11Nepali News Portal

विश्व कोरोना अपडेट : विश्वभर कोरोना सङ्क्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असोज २७, दाङ ।
पल्लिो अद्यावधिक अनुसार विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ ।
कुल संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ७५६ जनाको मृत्यु भएको छ । योसँगै मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १५१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ३ हजार पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्