संरक्षण नहुदा क्षेतबिक्षेत अबस्थामा ईच्छुककाे घर , स्थानिय तह भन्छन प्राबाधिक कारणले संरक्षण हुन सकेन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

संरक्षण नहुदा क्षेतबिक्षेत अबस्थामा ईच्छुककाे घर , स्थानिय तह भन्छन प्राबाधिक कारणले संरक्षण हुन सकेन

    मा प्रकाशित

सलिना न्याैपाने

दाङ असाेज २७

लुम्बिनि प्रदेशकाे स्थायि राजधानि राप्ति नदिकाे छेउमा यउटा घर छ त्याे घरलाई सबैले सहिदको घर भन्थे, रोक्थे, हेर्थे, फोटो खिच्थे । अहिले त्यो घर पनि रहेन, घर ढलेको छ, ईंटा ढुङ्गा यत्रतत्र भएका छन् । सहिदकाे घर भन्दा धेरैले स्याहार पुगेन भन्छन् ।याे ठाँउ हाे दाङको भालुवाङ बजारबाट राप्ती नदी तरेपछि बाँयातर्फ रहेको यउटा सानो तथा झुप्रो घर । दाङ सँग सीमा जोडिएको अर्घाखाँची जिल्लाको शीतगङ्गा गाउँपालिका निवासीहरुकाे यस्तै भनाई छ । भनेजस्तै सहिदको घरमा स्याहारसुसार हुन्छ, सालिक बन्छ, ऐतिहासिक गतिविधि हुन्छन् ।

तर साहित्यकार र पत्रकार रुपमा परिचित सहिद कृष्ण सेन ‘इच्छुक’को घर र सम्पत्ति हेर्दा सबैको मन बहकिदै पिडा थपिन्छ । सहिद इच्छुकको घरले उनको सपना र मार्ग पछ्याएर हिँड्नेलाई गिज्जाइरहेको देखेन्छ । सोही ठाउँमा इच्छुक प्रतिक्षालय, हाइवेमा प्रवेशद्वार निर्माण भएका छन् । अर्घाखाँची क्षेत्रमा पनि प्रवेशद्वार र अन्य इच्छुकसँग सम्बन्धित गतिविधि भएका छन् । सहिद कृष्णसेन इच्छुकको थातथलो मासिँदै जाँदा समेत संरक्षण हुन सकेको छैन । अझै भन्नु पर्दा लुम्बिनि प्रदेशकाे स्थायि राजधानि समेत रहेकाे उक्त ठाँउमा कसैकाे चासाे नहुदा पनि जिर्ण अबस्थामा छ त्याे घर ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा पर्ने सहिद इच्छुकको घर अहिले पूर्णरुपमा भत्केको छ । पश्चिम क्षेत्रबाट राप्ती नदीले जग्गा कटान गर्दा र बड्कापथ कुलो सिँचाइ योजना निर्माण गर्दा जग्गा मासिँदै जान थालेको वडा कार्यालयलाई उदृड गर्दै स्थानिकाे रणबहादुर केसिले बताउनु भयाे । सहिद कृष्णसेन इच्छुकको घर सम्पतिको संरक्षण गर्नको लागि स्थानीय सरकारले थालेको प्रयास जग्गाको स्वामित्वका कारण सफल हुन सकेको छैन । “वडाले त्यस क्षेत्रको गुरुयोजना बनाएर पार्क, इच्छुक सङग्रहालय बनाउने योजना थियो, जग्गा स्वामित्वकै कारण गर्न सकिएको वडा कार्यालयले बतायकाे छ ।

उक्त घर भयकाे जग्गा इच्छुकका बुवा भीमबहादुर सेनको नाममा छ । बुवाको मृत्यु भइसकेका कारण इच्छुकका भाइका छोरा, छोरी र श्रीमती तक्मा केसी जग्गाको अंशियार हुनुहुन्छ । इच्छुकको नाममा साहित्यिक तथा पत्रकारितासम्बन्धी उहाँको घरमा आयोजना गर्दा पत्रकार र साहित्यकारले इच्छुक सङग्रहालय बनाउन आग्रह गरे पनि घरको समेत संरक्षण हुन नसक्नु दुःखद पक्ष भएको स्थानीय राप्ती गाउँपालिका १ भालुवाङका बिमल केसिले बताउनुभयाे ।

कृष्णसेन इच्छुक साँस्कृति प्रतिष्ठानले सहिद इच्छुकको जग्गाको संरक्षण गर्नको लागि पहल गरे पनि सार्थकता पाउन सकेको छैन । सहिद कृष्ण सेन इच्छुकलाई २०५२ सालमा तात्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा युद्ध पत्रकारिता र साहित्य गतिविधि गर्दा गर्दै राज्यपक्षले गिरफ्तार गरी हत्या गरेको थियो । जनादेश पत्रिकाका सम्पादकसमेत रहनुभएका इच्छुकले प्रकाशित अप्रकाशित जस्ता साहित्यिक सामग्री रचना गर्नुभयकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्