ढाड भाँचिएर अस्पतामा छटपटाउँदै दीपा, उपचार गर्ने रकमको अभाव – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

ढाड भाँचिएर अस्पतामा छटपटाउँदै दीपा, उपचार गर्ने रकमको अभाव

    मा प्रकाशित

हिमाल खड्का
दाङ, असोज २७ ।
बबई गाउँपालिका वडा नं. ३ निवासी दीपा केसी यतिबेला घाईते भएर हस्पिटलमा छटपटाई रहेकी छन् ।

उनको काठमाडौंस्थित टिचिङमा उपचार भइरहेको छ । । घटना गत १९ गतेको हो ।

घर लिप्ने माटो ल्याउन गएकी उनलाई माथिवाट खसेको माटोको ढिस्कोले पुरेपछि उनको आधा शरीर नचल्ने भएको छ । चिकित्सकका अनुसार उनको ढाड नै भाँचिएको छ ।

त्यसकारण उनी अस्पतालमा छटपटाई रहेकी हुन् । यसपालिको दशैं कोरोनाले गर्दा रङ्गिन नहुन भएपनि आफ्नो घर लिपपोत गरि रङ्गिन बनाउने उनको सपनाका कारण उनी यस्तो अवस्थामा पुगेकी हुन ।

माथिवाट खसेको ढिस्कोले उनलाई पुरेको अवस्थामा उद्धार गरि उपचारका लागि उनलाई तुलसीपुर ल्याइएको थियो । यहाँ उपचार संभव नभए उनलाई काठमाडौंको रेफर गरिएको हो ।

त्यो घटना पछि आज केसीको कम्मरदेखि मुनिको कुनैपनि भाग चल्दैन। उपचार गर्न करिव १२ लाख खर्च लाग्ने कुरा चिकित्सकले गरेको दीपाका श्रीमान रुद्र केसीले बताए ।

केसी परिवारलाई तत्कालै १२ लाख कहाँबाट जुटाउने भन्ने समस्या परेको छ । उनले आफ्नी पत्निको जीवन रक्षाको लागि सबैसंग सहयोगको याचना समेत गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्