कर्णाली प्रदेशको प्रदेश कमिटिसहित मुख्यमन्त्रीलाई नेकपाले काठमाडौँ बोलायो – Kanika Khabar
Monday, April 13Nepali News Portal

कर्णाली प्रदेशको प्रदेश कमिटिसहित मुख्यमन्त्रीलाई नेकपाले काठमाडौँ बोलायो

    मा प्रकाशित

कनिका खबर
असोज २७, दाङ ।
कर्णाली प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस भएपछि चुलिएको विवाद मिलाउन सत्तारुढ दल नेकपालाई हम्मे हम्मे पर्न थालेको छ । मुख्य मन्त्री सहित कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएका हुन् ।

मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी दिए ।

मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका हुन्।

नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्