योजनाको काम उपभोक्ताबाटै – Kanika Khabar
Friday, April 26Nepali News Portal

योजनाको काम उपभोक्ताबाटै

    मा प्रकाशित

कनिका खबर

दाङ, २७ असोज ।

जिल्लाको पहाडी बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को लागि छनोट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ । गाउँपालिकाको ८ वटै वडामा छनोट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिमार्फत स्थानीयहरुलाई श्रममा लगाई योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए ।

श्रममा आधारित योजनाले कोभिड–१९ का कारण गाउँघरमा रहेका बेरोजगार जनशक्तिले रोजगार पाउने र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको वलीले बताए । अब बंगलाचुलीका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर र स्काभेटरबिनै काम गर्नुपर्नेछ । गाउँपालिकाका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर र स्काभेटर प्रयोग गर्न नपाउने प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।

गाउँपालिकाद्वारा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्नका लागि अभिमुखीकरण कार्यक्रममार्फत प्रशिक्षित गर्ने काम भइरहेको छ । गाउँपालिकाले मंगलबार वडा नं. १ देखि ६ नम्बर वडासम्मका उपभोक्ता समितिका पदाधिकारीहरुलाई श्रममा आधारित योजना सम्पन्न गर्नका लागि प्रशिक्षत गरेको छ ।

मंगलबार वडा नम्बर १ र २ को रुरुूजामा, ३ र ४ को कमिरेचौरमा वडा नम्वर ५ र ६ को झेलनेटामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्वर ७ र ८ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई बुधवार योजना संचालन तथा सम्पन्न गर्ने विषयमा प्रशिक्षित गरिने छ ।

अभिमुखिकरण कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानिय बेरोजगार भएको हुँदा गाउँपालिकाले श्रममा आधारित योजना संचालन गरेको बताए । अध्यक्ष वलीले गाउँपालिकाको विकास संग(सङ्गै वेरोजगार जनशक्तिले रोजगार समेत पाउने हुँदा सबैले उत्साहपूर्ण तरिकाले श्रममा आधारित योजनाको काममा सहभागि हुन अपिल समेत गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्