विश्व कोरोना अपडेट : विश्वभर ३ करोड ८३ लाख ४८ हजार १२५ जना सङ्क्रमित – Kanika Khabar
Sunday, January 18Nepali News Portal

विश्व कोरोना अपडेट : विश्वभर ३ करोड ८३ लाख ४८ हजार १२५ जना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।

पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १३ हजार २ सय ८३ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९७७ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७२ लाख ३७ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख १४ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३३ हजार जनाको मृत्यु भएको छ । ६२ लाख ५५ हजार १९८ जना संक्रमित भएकोमा ३० लाख ६८ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्