किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
दाङ जिल्लामा एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तुलसीपुर–५ कै १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर–७ निवासी १८ वर्षका करण सार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
डिएसपि सिंहका अनुसार उनीहरुले यही असोज २२ गते रानी जरुवामा नै एक रित्तो घरमा ती किशोरीलाई बलात्कार गरेको र दुबै जनालाई गएराति तुलसीपुर क्षेत्रवाटै पक्राउ गरी थप अनुसन्धान भइरहेको
छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्