दोलखाको हिमालय माध्यामिक विद्यालयलमा टेलिफोनबाटै पठन पाठन सुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

दोलखाको हिमालय माध्यामिक विद्यालयलमा टेलिफोनबाटै पठन पाठन सुरु

    मा प्रकाशित

तारा देबी बस्नेत
असोज २८, दोलखा ।
दोलखामा पहिलो पटक टेलिफोनबाटै पठन,पाठन सुरु भएको छ । सरकारले शिक्षण सिकाई सहजीकरण मार्फत विद्यार्थीहरुलाई सहजीकरण गर्न भने पनि त्यो प्रभावकारी हुन नसकिरहेको बेला दोलखाको खोपचाँगुमा रहेको हिमालय माध्यामिक विद्यालयले टेलिफोन मार्फत कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुलाइ पढाउन सुरु गरेको हो ।
हिमालय माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी जिपछिरिङ शेर्पा असाध्यै खुसी हुनुभयो, जब उहाँलाइ विद्यालयबाट सामाजिक शिक्षकको फोन आयो । उहाँ हिजो आज विद्यालयबाट आउने बिषय शिक्षकको फोन कुरेर बस्नुहुन्छ । कोरोनाकाकारण लामो समयसम्म विद्यालय वन्द भयो । गाउँमा इन्टरनेटको सुबिधा छैन । टोलमा पुगेर पढाउन पनि विद्यार्थीको बसाइ एकै ठाउँमा नभएपछि विद्यालयले टेलिफोनबाटै पढाउने निर्णय गरेको हो ।
शिक्षकले पालै, पालो बिद्यार्थीलाइ फोन गर्ने र जाने, नजानेको सोध्ने गरेका छन् । विद्यार्थीले पनि नजानेको बारेमा शिक्षकलाइ सोध्ने गरेको बताउनुहुन्छ , कक्षा ९ मा अध्ययनरत अर्का विद्यार्थी निङमा दिकी शेर्पा । शिक्षकले एक दिनमा विद्यार्थीलाइ ३ पटक सम्म फोन गर्छन् । सुरुमा कुन पाठ पढ्ने भन्ने बारेमा बुझाउन, दोस्रो पटक पढे, नपढेको बुझ्न र तेस्रो पटक जाने, नजानेको सोध्न र गृहकार्य दिन । कक्षा र बिषय अनुसार दिन बिराएर पालै, पालो विद्यार्थीलाइ पढाउने गरिएको छ । साना कक्षाका विद्यार्थीलाइ अभिभावक संगै राखेर पढाइन्छ ।
यसबाट अभिभावकहरु पनि खुसी भएको अभिभावक संघ दोलखाका अध्यक्ष कृष्ण बहादुर वुढाथोकीले बताउनुभयो ।५ सय जना विद्यार्थी अध्ययनरत विद्यालयले विद्यार्थीलाइ बिहान १० बजे देखी दिउसो २ वजे सम्म फोन मार्फत पढाउन सुरु गरेको हो । नजिकैका विद्यार्थीलाइ भेटेरै पनि पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक कालु जिरेलले जानकारी दिनुभयो । इन्टरनेट लगायत अन्य विकल्प प्रभावकारी नहुँदा विद्यार्थीलाइ पढाइमा आकर्षित गर्न र निरास हुन नदिन खर्चिलो उपाए अपनाएर पनि टेलिफोनबाट पढाइरहेको विद्यालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्