सर्वाेच्चमा रिट दायर – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

सर्वाेच्चमा रिट दायर

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २९, काठमाडौं ।

भारतले कब्जा गरेर सडक निर्माण गरेकाे नेपालको भूभाग फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालले कूटनीतिक वार्ता, सम्वाद गरेर कब्जा भएको भूमि तत्काल फिर्ता ल्याउन सरकारका नाममा परमादेश जारी गर्न रिटमा माग गरिएको छ । नेपालले कूटनीतिक वार्ता गरेर यदि भूमि फिर्ता ल्याउन नसक्ने हाे भने कब्जा भएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि माग गरिएको छ ।

नेपाल र भारत दुवै संयुक्त राष्ट्र संघमा सदस्य भएको र राष्ट्र संघकाे वडापत्र दुबै देशले पालना गर्नुपर्ने रिटमा माग गरिएको छ । वर्षौ वर्षदेखि भूमि कब्जा गरेर सडक निर्माण हुँदनसम्म नेपाल सरकार के हेरेर बस्याे भन्ने प्रश्न पनि रिटमा गरिएको छ ।

रिटमा मुख्य दुईवटा माग :

(१) कब्जा भएको भूमि तुरुन्त वार्ता गरेर फिर्ता ल्याउनुपर्ने ।

(२) यदि फिर्ता ल्याउन नसक्ने हाे भने अन्तर्राष्ट्रियकरण गरी संयुक्त राष्ट्र संघमा निवेदन दिनुपर्ने, विवादकाे समाधान अन्तर्राष्ट्रिय अदालतले गर्ने । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच वटा मन्त्रालयलाई विपक्षी बनाइएकाे छ । रिट अधिवक्ताहरू केशरजंग केसी, दीपेन्द्र अधिकारी र लाेकेन्द्र अोली दायर गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्