पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको थियो ।

मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्