भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको प्रधानमन्त्रीको भनाइ – Kanika Khabar
Friday, April 26Nepali News Portal

भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको प्रधानमन्त्रीको भनाइ

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको दोहो¥याउनुभएको छ । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताउनुभएको हो । नेपाल जस्तो मुलुकमा जागिर पाउनु, तलब पाउनु गरिबीको रेखामुनि पर्नु नभएको भन्दै लोभलालच, र व्यक्तिगत लाभ र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाए पनि केही गैर जिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै बूढीगण्डकीमा अर्बौ भ्रष्टाचार भयो भन्ने कुरा निराधार भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । केही दिनअघि पूर्वप्रधान मन्त्री समेत रहनुभएका जसपा नेता बाबुराम भट्टराईले एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब रुपैयाँ खाएको भनेर विवादित अभिव्यक्ति दिनुभएको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र खटिरहेको भन्दै प्रशंसा गर्दै आपराधिक क्रियाकलाप रोक्न कुनै पनि प्रकारको दबाब र प्रभावमा नपर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्