मनसुन नेपालबाट बाहिरियो – Kanika Khabar
Sunday, January 18Nepali News Portal

मनसुन नेपालबाट बाहिरियो

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, काठमाडौं
यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोज सकिएसँगै बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू–भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने हिजादेखिे बाहिरिएको हो । यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्