पर्वतको कुश्मा नगरपालिकामा एक वडा एक नर्सरी कार्यक्रम अन्तर्गत सबै वडामा कृषि नर्सरी स्थापना – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

पर्वतको कुश्मा नगरपालिकामा एक वडा एक नर्सरी कार्यक्रम अन्तर्गत सबै वडामा कृषि नर्सरी स्थापना

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, पर्वत

पर्वतको कुश्मा नगरपालिकामा एक वडा एक नर्सरी कार्यक्रम अन्तर्गत सबै वडामा कृषि नर्सरी स्थापना गरिएको छ । नर्सरी स्थापना भएपछि किसानले मौसम र माटो अनुकुलका विरुवा प्राप्त गरिरहेका छन् भने बाँझो जमिनको उपयोग गर्दै खेती विस्तार गर्ने अभियानको पनि थालनी भएको छ । कुश्मा नगरपालिका ७ मा २०७५ असोजमा नर्सरी स्थापना गरि एक वडा एक नर्सरी अभियान शुरु भएको थियो । अहिले १४ वटै वडामा नर्सरी स्थापना गरिएको छ । नर्सरीमा मौसमी, बेमौसमी फललफूल तथा तरकारीका बिरुवाहरु पाइन्छ । गाउँमा नर्सरी स्थापना भएपछि मौसम अनुकुल विरुवा पाईएको बताउनुहुन्छ अगुवा कृषक गोबिन्द पौडेल । नगरपालिकाको सहयोगमा स्थापना गरिएका नर्सरीमा मौसम र माटो अनुसार २४ प्रकारका तरकारी र फलफुलका विरुवा उत्पादन भई खपत हुँदै आएको छ । वार्षिक रुपमा नर्सरी सञ्चालकलाई नगरपालिकाले ३५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । नर्सरीले किसानलाई बजार मुल्य भन्दा ५० देखि ७० प्रतिशत छुटमा विरुवा उपलब्ध गराउनुपर्ने कुश्मा नगरपालिका ६ मा नर्सरी स्थापना गर्नुभएका केशमाया पुरी बताउँनुहुन्छ । किसानले लगाउन चाहेको तरकारीको बिरुवा कम्तीमा एक महिना अघि माग गर्नुपर्छ । नर्सरीले ५० प्रतिशत अनुदानमा बिरुवा बिक्री वितरण गर्ने छ । किसानले बिरुवा माग गर्दा ५० प्रतिशत छुटसहित नगद भुक्तानी गरेर रसिद लिनुपर्छ । माग भएका बिरुवाको आधारमा नर्सरीले बिरुवा उत्पादन सुरु गर्नेछ । नगरपालिका कृषि शाखाका प्रमुख बलबहादुर जिटीले कार्यक्रमलाई अझै विस्तार गर्ने सोचमा रहेको जानकारी दिनुभयो । कुश्मा नगरपालिका आफ्नो नगरलाई तरकारी र फलफुलमा आत्मानिर्भर बनाउने र बाँझो जमिन उपयोग गर्ने अभियानमा छ । एक वडा एक नर्सरीले नगरको योजनामा सहयोग पुगेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । नर्सरी स्थापना भएपछि विरुवा खोज्दै बजार धाउनुपर्ने बाध्यता मात्रै हटेको छैन हावापानी अनुकुल विरुवा पाएपछि किसानलाई सजिलो भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्