प्रतिनिधिसभाका सदस्य जनार्दन शर्माले कोरोना संकटको बेला सांसदलाई दशैं भत्ता दिनु गलत भन्दै बिरोध – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रतिनिधिसभाका सदस्य जनार्दन शर्माले कोरोना संकटको बेला सांसदलाई दशैं भत्ता दिनु गलत भन्दै बिरोध

    मा प्रकाशित

कनिका खबर
कार्तिक २
पूर्वगृहमन्त्री एवं रुकुमपश्चिम प्रतिनिधिसभाका सदस्य जनार्दन शर्माले कोरोना संकटको बेला सांसदलाई दशैं भत्ता दिनु गलत भन्दै बिरोध गर्नुभएको छ । संसद सचिवालयले सांसदहरुको खातामा दशैं भत्ताको पठाएपछि उहाँले बिरोध गर्नुभएको हो ।

‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं’– सामाजिक सञ्जालमार्फत उहाँले आव्हान गर्नुभएको छ ।

साथै आफेनो खातामा आएको दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई हस्तान्तरण गरेको जानकारी पिनि उहाँले गराउनुभएको छ । बोहराको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सांसदहरुलाई दशैं भत्ता वितरण गरिएपछि यसको जनस्तरबाट बिरोध भइरहेको छ । सांसदहरुले पनि यसको बिरोध गर्न थालेका छन् । नेकपाका नेता एवं सांसद भीम रावलले यो फिर्ता गर्ने बताउनुभएको छ भने नेकपाका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले गत चैतदेखि नै कुनै पनि भत्ता नलिने घोषणा गरिसक्नुभएको छ ।

कम्तीमा कोरोनाकालभरि सांसदहरुले भत्ता लिन नहुने उहाँको धारणा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्