दण्डहिनताको अवस्था बढेको भन्दै मानव अधिकार आयोगको चिन्ता – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

दण्डहिनताको अवस्था बढेको भन्दै मानव अधिकार आयोगको चिन्ता

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा दण्डहिनताको अवस्था बढेको भन्दै अन्तरराष्ट्रियस्तरमा यसले मुलुकलाई फाइदा नपुग्ने बताएको छ । गैरन्यायिक हत्याका घटना बढेको भन्दै आयोगले दोषीलाई कारबाहीका लागि सरकार तयार नहुनु दुःखद् भएको टिप्पणी गरेको छ । गैरन्यायिक हत्या भएको भन्दै अनुसन्धानका लागि १४ वटा निवदेनको बारेमा अनुसन्धान जारी रहेको र सर्लाहीका कुमार पौडेल अनि २ जनाको मृत्यु हुने गरी भएको भक्तपुर घटना गैरन्यायिक भएको निष्कर्ष निकालेको छ । सीआईएनसँग कुराकानी गर्दै आयोगका प्रवक्ता बेद भट्टराईले भन्नुभयो, ‘पछिल्लो समय भक्तपुरमा भएको, कुमार पौडेल घटना लगायतका घटना यस्ता छन् । ती घटनाहरूमा आयोगले उजुरीको रुपमा ग्रहण गरेर अनुसन्धानको प्रक्रियामा राखिराखेको छ । नेपाल फेरि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा अर्को तीन वर्षको लागि निर्वाचित भएका छौं, यो अत्यन्त खुशीको कुरा हो । हामीले विश्वको हरेक राष्ट्रमा मानव अधिकारको समिक्षा गर्नुपर्ने, त्यसमा प्रश्न उठाउनुपर्ने, त्यो हैसियतमा हामी अहिले निर्वाचित भएका छौं । यो एउटा नैतिक दवावको कुरा पनि हो ।’ प्रवक्ता भट्टराईका अनुसार केही दिनअघि सार्वजनिक भएको मानव अधिकार उल्लङ्घन गर्ने २ सय ८६ जनाको सूचीमा परेकाहरुले आफू अन्यायमा परेको भन्दै प्रमाणसहित पुनरावेदन पनि गर्न सक्नेछन् । पुनरावेदनपछि आवश्यक अनुसन्धान गरी थप निर्णयमा पुग्ने आयोगले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्