पार्वत गुरुङलाइ सरकारको प्रवक्ताको जिम्मेवारी – Kanika Khabar
Friday, January 23Nepali News Portal

पार्वत गुरुङलाइ सरकारको प्रवक्ताको जिम्मेवारी

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारीका विषयमा छलफल नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि गुरुङलाई जिम्मेवारी दिनुभएको हो । सुरुवातमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई प्रवक्ता तोकिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सहित निवर्तमान अर्थमन्त्री युवराज खतिवडलाई प्रवक्ताको जिम्मेवारी दिइयो । खतिवडाको राजीमापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो जिम्मेवारी सम्हाल्नुभएको थियो । यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट २८ असोजमा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्