नेपालमा ५७ जनामा कोरोना संक्रमण एकै दिनमा,संक्रमितको संख्या १९१ पुग्यो – Kanika Khabar
Saturday, December 5Nepali News Portal

नेपालमा ५७ जनामा कोरोना संक्रमण एकै दिनमा,संक्रमितको संख्या १९१ पुग्यो


    मा प्रकाशित

 

कनिका संवाददाता
बैशाख ३०, दाङ ।

एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् ।

Image may contain: text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्