जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउने सहमति – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउने सहमति

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, 
जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम पुग्नुभएका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र भियतनामी समकक्षी प्रधानमन्त्री नुग्वेन जुआन फुकबीच शिखर वार्तामा सहमति भएको हो । दुबै देशका उच्च अधिकारीबीच यस क्षेत्रमा चीनको विस्तारित प्रभावको सामना गर्न रक्षा र सुरक्षा सहयोग बढाउन सहमत भएका थिए । आज हनोईमा आयोजित शिखर वार्तापछि भियतनामका लागि आवश्यक रक्षा उपकरण र प्रविधि जापानले निर्यात गर्ने आधारभूत सम्झौतामा हस्ताक्षर समेत भएको छ । जापानले हालका वर्षहरूमा दक्षिणपूर्वी एशियासँग सम्बन्ध बलियो बनाउन र आफ्नो प्रतिरक्षा उद्योगलाई सबल बनाउन यस्ता सम्झौताहरू गरिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्