६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियुमा उपचाररत – Kanika Khabar
Thursday, January 20Nepali News Portal

६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियुमा उपचाररत

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आइसियु र भेन्टिलेटरमा गरी ३४५ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५३ जना छन् भने र ३८ जना भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५१ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्