काठमाडौं उपत्यकामा खसिबोका, च्याङ्ग्रा तथा हाँस कुखुरा बेच्नेहरुको चहलपहल – Kanika Khabar
Monday, April 13Nepali News Portal

काठमाडौं उपत्यकामा खसिबोका, च्याङ्ग्रा तथा हाँस कुखुरा बेच्नेहरुको चहलपहल

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, भक्तपुर
दशैं सुरुभएसंगै काठमाडौं उपत्यकामा खसिबोका, च्याङ्ग्रा तथा हाँस कुखुरा बेच्नेहरुको चहलपहल देखिन्छ । खसीबोका तथा च्याङ्ग्रा बेच्न पुर्वको इलाम देखि हिमालmी जिल्ला मुस्ताङ् सम्मका व्यापारी काठमाडौं आइपुगेका छन् । भक्तपुरको सल्लाघारीमा बिहानैदेखि मानिसको चहलपहल सुरु हुन्छ । कोही खसी बोका छानिरहेका, कोही मोलमोलाइ गरिरहेका । कोही च्याङ्ग्रासंग फोटो खिच्दै गरेको पनि देखिन्छ । कोरोनाका जोखिमका बीचमा पनि मानिसहरु किनमेलका लागि पुगिरहेका छन् । अघिल्ला बर्षहरुको तुलनामा भने यस पटक ग्राहकहरु कम रहेको व्यापारी बताउँछन् । बिभिन्न जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा बेच्न आउनेहरु पनि यस बर्ष केही कम भएका छन् । तर केही व्यापारी भने हिमाली जिल्ला सोलुखुम्बु, मुस्ताङ, मनाङ बाट च्याङग्रा किनेर ल्याइ बिक्रि पनि गरिरहेका छन् । यसपटक काठमाडौं उपत्यकामा पूर्वको इलाम, पाँचथर र झापा लगायतका जिल्लाबाट पनि खसी ल्याईएको छ । तर यसपटक च्याङ्ग्राको मूल्य भने महंगिएको छ । अहिले जीउँदो खसी तथा बोका जिउँदो सयदेखि ७ सय रुपैयाँ र च्याङ्ग्रा एक हजार रुपैयाँ प्रतिकेजीका दरले बिक्री भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्