बैतडीको प्रशिद्ध धार्मिक स्थल ईश्वरी गंगा धाम देखी जगन्नाथ गढी जोड्ने गरि पदमार्ग निमार्ण सुरु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बैतडीको प्रशिद्ध धार्मिक स्थल ईश्वरी गंगा धाम देखी जगन्नाथ गढी जोड्ने गरि पदमार्ग निमार्ण सुरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, बैतडी
बैतडीको प्रशिद्ध धार्मिक स्थल ईश्वरी गंगा धाम देखी जगन्नाथ गढी जोड्ने नेपालको सबैभन्दा बढि सिढी भएको पदमार्ग निमार्ण सुरु भएको छ । एक व्यक्ती एक सिंढी अभियान सञ्चालन गरेर ८ हजार ८ सय ४८ सिंढी निर्माण गर्न लागिएको हो । प्रशिद्ध धार्मिक स्थल ईश्वरी गंगा धाम देखी जगन्नाथ गढी जोड्ने २ हजार १ सय २१ मिटर लामो पदमार्ग निर्माण गर्न १० करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ । डिपीआर नै बनाएर ३ बर्षमा सक्ने लक्ष्यका साथ कामको सुरु गरिएको प्रचारप्रसार समितिका संयोजक बाशु भट्टले जानकारी दिनुभयो । पद मार्गमा ८ हजार ८ सय ४८ ओटा सिंढी निर्माण गरिने छ । जन श्रमदान बाट निमार्ण गर्न लागीएको पदमार्गमा १ सय युवाहरुले ३ बर्ष सम्म रोजगारी पाउने पदमार्ग निमार्ण समीतीका संयोजक तथा उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नर बहादुर चन्दले बताउनुभयो । एक व्यक्ती एक सिंढी अभियान सञ्चालन गरेर निमार्ण गर्न लागिएको पदमार्गका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । २ हजार १ सय २१ मिटर लम्बाई रहेको पदमार्गमा ५ प्रतिक्षालय , ६० सौर्यबत्ति , २ ओटा शौचालय , र ९ ओटा प्रबेश द्धारा निमार्ण गरिने छ । प्रवित्र तिर्थस्थल ईश्वरीगंगाधाम– जगन्नाथ मन्दिर जोड्ने पदमार्ग निर्माणपछि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्